बागलुङ नगरपालिकाको अग्रसरतामा ४५ पहिरो पीडितको घर बन्ने


–खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाले घरबास गुमाएका पहिरो पीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।

गत वर्षातमा बाढी, पहिरोले घरमा पूर्ण रुपले क्षति पु¥याएका बागलुङ नगरपालिकाका ४५ घर परिवारलाई बागलुङ नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगर भित्रका ४५ पहिरो पीडित परिवारलाई रु. एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो । जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पु¥याउने उद्धेश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर घर बनाउन आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “गत असार साउनमा वर्षासँगै आएको बाढी पहिरोले बागलुङमा ठूलो क्षति ग¥यो, जसमध्ये नगर भित्रका ४५ घर पूर्ण रुपमा क्षति भएको पाइएकाले घर बनाउनलाई नगरपालिकाको तर्फबाट दुई किस्ता गरेको रु. एक लाख ५० हजार नगद उपलव्ध गराइनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो ।

बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढी पहिरो पीडितलाई घर बनाउन संघीय सरकारले रु.चार लाख, गण्डकी प्रदेश सरकारले रु.एक लाख दिने निर्णय गरेको छ, त्यसमा हामीले एक लाख ५० हजार थप गर्ने निर्णय गरेका हौं ।” घर बनाउने सूचिमा परेका पीडितले घर निर्माणको पहिलो चरण पुरा गर्दा साथ रु.७५ हजार पहिलो किस्ता बापत उपलव्ध गराउने बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो ।

“घर बनाउँदा पहिरो पीडितले भुकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, तीन मोडेलमा नगरपालिकाले नक्सा बनाएको छ” इन्जिनियर शर्माले भन्नुभयो “रु.एक लाख ५० हजारले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलव्ध गराउन थालिएको हो, प्रदेश र संघीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भुकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”

संघीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउँमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ । अविरल वर्षातका कारण बाढी, पहिरो जस्ता विपद्का कारण पूर्ण रुपमा बसोबास गरिरहेको घरवासमा क्षति पुगेर आश्रित हुनु पुगेका र स्थानान्तरण हुन पुगेका ४५ परिवारलाई घर बनाउन रकम दिइनेछ ।
उक्त घरहरु संघीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचिमा समेत छन् । सरकारले बागलुङलाई विपद् ग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५ सय ९० घर पुर्ननिर्माण गर्नुपर्ने तथ्याङ्क संकलन गरेको थियो ।

बाढी पहिरो पीडितहरुको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारी समेत थालेको छ । भदौं १७ गते राती ढोरपाटनको भूजीखोला थुनिएर आएको बाढीले झण्डै एक सय भन्दा बढी घर बगाएको थियो । त्यस लगत्तै बागलुङलाई सरकारले विपद्ग्रस्त जिल्लाका रुपमा घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *