पर्वतका एक युवा लागु औषधसहित पोखरामा पक्राउ

आदर्श अनलाइन, पोखरा

पर्वतका एक युवा लागु औषधसहित पोखरामा पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको वडा नं ३० पावर हाउस चोकबाट प्रहरीले पर्वतका बिदुर नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

साँझ पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार पर्वत फलेवास नगरपालिका वडा नं १३ का ३१ वर्षीय नेपालीका साथबाट लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

उनको साथबाट डाईजेपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनारगन ४८ एम्पुल गरी जम्मा १४८ एम्पुल लागूऔषध फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पोखरेलको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *