आदर्श सञ्चारद्वारा महासंघमा नवनिर्वाचित पत्रकारलाई बधाई

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्र्तक्रिया कार्याक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कंडेलले आदर्श सञ्चार सहकारीसंग महासंघ सधै समन्य र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।

May be an image of 6 people, including Humakumari Anju G C and Gautam Hari Narayan, people standing, people sitting and indoor

उहाँले आदर्श सञ्चार सहकारीले पत्रकारहरु उत्पादन मान नगरेर पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन समेत मद्दत गरेको बताउनु भयो । जिल्लामा रहेका क्रियमाशील पत्रकारलाई प्रविधि मैत्री पत्रकार बनाउनका लागी आगामी दिनमा महासंघले महत्वपुर्ण भुमीका खेल्ने कंडेलले जानाकारी दिनुभएको थियो ।

May be an image of 4 people, including Humakumari Anju G C and Gautam Hari Narayan, people standing, people sitting and indoor

कार्याक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी भाबी, योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराउन भएको थियो । उहाँले यो आर्थिक वर्षमा स्वास्थ्य, प्रर्याटन र कृषीको विषयलाई आदर्शले बढी जोडदिने बताउनु भयो । जिसीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई संञ्चारका सामाग्रीहरु खरिद गर्नका लागी सहकारीले सहुलियतमा ऋण उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।

May be an image of 5 people, including Lalita Thapa, Humakumari Anju G C and Gautam Hari Narayan and people standing

कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।

May be an image of 8 people, including Gautam Hari Narayan, people standing and indoor

कार्यक्रममा संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अन्जु) को अध्यक्षयता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र प्रवन्धक दिपकराज साप्कोटाको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

May be an image of 6 people, including Humakumari Anju G C, people standing, people sitting and indoor
May be an image of 5 people, including Humakumari Anju G C, Gautam Hari Narayan and Ram Bahadur G C, people standing and indoor

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *