कोरोना सकसका बिच चैते दसैंः सचेतता सहित पुजाआजा

आज चैते दसैं, बागलुङमा विशेष रुपमा मेला लाग्ने दिन हो । यस दिन नेपालकै प्रसिद्ध मानिएको बागलुङ कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तजनको समेत भिड लाग्ने गर्दछ । देशका बिभिन्न जिल्लाबाट पनि स्वतस्फुर्त मानिसहरु आउने क्रम जारी छ । यद्यपि अहिले कोरोनाको भयावह बढ्दो छ । यसबेला चैते दसैं के कसरी मनाउने तयारी छ ? प्रसिद्ध कालिका मन्दिरमा आउने जाने के कस्तो सुरक्षा प्रबन्ध ? स्वास्थ्य सुरक्षा मापदण्ड व्यवस्थापनबारे के कस्तो सोच योजना छ आदर्श अनलाइनकर्मी साधना पन्तले कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पल्ली मगरसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कृष्ण पल्ली मगर
प्रहरी उपरीक्षक
जिल्ला प्रहरी कार्यालय बागलुङ

लामो समय कालिका भगवती मन्दिर बन्द भयो । अघिल्लो वर्षको चैते दसैं कोरोना कहरका कारण यसै गयो । तर यसपाली मन्दिर बन्द गर्न सम्भव देखिएन । जसका कारण गत बैशाख ३ गते कालिका भगवती मन्दिरमा दर्शनार्थीलाई व्यवस्थापन गर्नका लागी एक खालको निणर्य गरिएको छ । सोही अनुसार कालिका भगवती मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय लागिरहेको छ । २०७६ को चैत्राष्टमी, २०७७ को बडा दशैमा पनि मन्दिर बन्द भएको कारणले यो चैत्राष्टमीमा मन्दिरमा कडा स्वास्थ्य मापदण्ड अपनाएर र सुरक्षा दिएर भक्तजनलाई पुजापाठ गर्न दिने निणर्य गरिएको छ ।

विशेष गरि कोरोनालाई मध्यनजर गरेर भक्तजनलाई माक्सको अनिवार्य प्रयोग गर्न लगाएका छौ । मन्दिरमा भक्तजनलाई सामाजिक दुरी कायम गर्नका लागि भनेता पनि भक्तजनको संख्या धेरै भएकाले त्यो धेरै प्रभावकारी नभएको हामीले महुशुस गरेका छौ । त्यसकारण सामुदायिक प्रहरी केन्द्रले माइकिङ गरेर भक्तजनहरुलाई जति सक्दो छिटो पुजा पाठ गरी बाहिर निस्कन अनुरोध गरिराख्नु भएको छ । माइकिङबाट कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्ड समय समयमा सुनाउने काम पनि भएको छ । माक्स प्रयोग नगरेका भक्तजनलाई मन्दिर भित्र पनि माक्सको व्यवस्था गरिएको छ ।

लाइन व्यवस्थापनमा मन्दिरका कर्मचारी, सुरक्षाकर्मी खटाइएको छ । मन्दिर प्रवेश गर्ने बाटो र बाहिर निस्कनको लागि बाटो छुट्टाछुट्टै गराउने, मन्दिर प्रवेश गर्ने समयमा फिबर क्लिनिक संचालन गरिएको छ । कोरोनाको सकस लामो समयदेखि विद्यमान रहेकाले मानिसहरु स्वंयम आफै सचेत भएको पनि हामीले महुशुस गरेका छौ ।

राजु खड्का
अध्यक्ष
कालिका भगवती गुठी व्यवस्थापन समिति

हरेक वर्ष कालिका मन्दिरमा चैत्राष्टमी मेला लाग्ने गरेको छ । यो वर्ष पनि हामीहरुले मेला गर्ने योजना बनाएका थियौ । तर कोरोनाको जोखिम बढेका कारणले हामीहरुले मेला नगर्ने निणर्य गरेका छौ ।

कालिका मन्दिरमा भक्तजनहरुको भिड चैत्राष्टमीमा सधैंजसो लाग्दछ । यो वर्ष पनि भक्तजनहरुको भिड नै लागेको छ । हरेक दिन ३५ सय देखि ७ हजार सम्म भक्तजनहरु मन्दिरमा पुजाआजाका लागि आउनु हुन्छ । अझ यो वर्ष कोरोनाले गर्दा कम भएको हामीले महुशुस गरेका छौ । अघिल्लो वर्षहरुमा त भक्तजनहरुले गर्दा कालिका मन्दिर परिसरमा चहल पहल नै छुट्टै हुने गरेको थियो ।

हामीहरुले कोरोनाको जोखिमलाई मध्यनजर गरेर मन्दिरमा आएका भक्त्तजनहरुलाई जति सक्दो छिटो पुजापाठ गरेर फर्कनका लागी अनुरोध गरेका छौ । मन्दिर परिसरमा प्रवेश गर्दा माक्सको प्रयोग अनिवार्य गराएका छौ । सामाजिक दुरी कायम गर्न समय समयमा आग्रह गरेका छौ । चैत्राष्टमीको अवसरलाई लक्षित गरेर कर्मचारी, स्वयंसेवक परिचालन गरेर धेरै भिडभाड हुनबाट रोकेका छौ । हामीहरुले पुजापाठ गर्न आएका भक्तजनलाई जति सक्दो छिटो छरितो पुजा गने व्यवस्था समेत मिलाएका छौ ।

अहिले नव दुर्गा चलिरहेको भएर धेरै भक्तजनहरु रुद्री पाठ, चन्द्री पाठ, ग्रह दशा शान्तिका लागि आउनु विवाह व्रतबन्धका लागि आउने, भाकल भएका भक्तजन र कालिका भगवतीलाई दर्शन गर्न आउने भक्तजनहरु धेरै आउनु हुन्छ । हामीहरुले यो कोरोना महामारीमा लामो समय लाग्ने पुजा पाठ नगरिदिन ुहुन अनुरोध गरेका छौ । यो समयमा मन्दिरमा धेरै भिडभाड गर्नु राम्रो होइन भनेर पटक पटक भक्तजनलाई अनुरोध गरिराखेका छौ ।

नयाँ वर्षको दिनमा धेरै श्रद्धालु भक्तजनहरु आउनु भएको थियो । र आज चैते दसैं भएको कारणले धेरै भक्तजनहरु आउनु हुने आँकलन गरेर सुरक्षाकर्मीलाई समेत अनुरोध गरेर सुरक्षा दिनको लागि बोलाइएको छ । हामीहरुले सबै कर्मचारी, सुरक्षाकर्मी र स्वं्यम हामीहरुनै मन्दिरमा बसेर भक्तजनलाई जति सक्दो छिटो दर्शन मात्र गरेर मन्दिरबाट जानका लागि अनुरोध गरेका छौ ।

कालिका मन्दिरमा बागलुङका मात्र भक्तजन नभएर नेपालभरका भक्तजनहरु नव दुर्गामा कालिका मन्दिर पुजापाठका लागि आउनु हुन्छ । हामीहरु प्रहरी र प्रशासन संग बसेर छलफल पनि गरेका थियौ यो समयमा कसरी भिडभाड कम गर्न सकिन्छ भनेर । तर, हामीहरुले भक्त्तजनलाई रोक लगाउन नमिलेको कारणले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा प्रवेश गर्न दिने निणर्य भएको थियो ।

हामीहरुले हाम्रा भक्तजनलाई के अनुरोध गर्न चाहान्छौ भने यो समयमा मन्दिरमा धेरै भिडभाड हुने भएकाले अहिले धेरै मानिसहरु कालिका मन्दिरमा नआउन अनुरोध गर्दछौ । नव दुर्गा सकिए पछि मन्दिर खाली प्रायः हुने भएकाले लामो समय लाग्ने पुजापाठहरु गर्नु पर्ने, विवाह व्रतबन्ध गर्नुपर्ने भएमा मन्दिरमा भिडभाड नहुने समयमा आउन अनुरोध गर्दछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *