बागलुङका मठ मन्दिर प्रवेशमा रोक

–आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि सर्तकता अपनाउन थालिएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठ मन्दिर प्रवेशमा वैशाख महिना सम्म रोक लगाएको छ ।

बागलुङको कालिका मन्दिर, पञ्चकोट, राम मन्दिर लगायतका स्थानमा वैशाख मसान्त भीत्र प्रवेशमा रोक लागइएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।
यस्तै पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आम सभा लगायत भीड भाड हुँने स्थानहरु समेत वैशाख मसान्त सम्म रोक लगाएको छ ।

मास्क बीना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने, होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि वेलुका ८ बजे सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रशासनले बलेवामा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाको बलेवाको वडा नं. १२, १३, १४ मा वैशाख १७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिका–१४ को जनताधन माध्यामिक विद्यालयका १९ जना विद्यार्थी र २ जना शिक्षक सहित सोही वडाका अन्य १८ जनामा कोरोना संक्रमण पुष्टी भएपछि आएपछि सर्तकता अपनाउन थालिएका

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *