झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर !


–आदर्श अनलाइन, बागलुङ
संघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।



बागलुङ नगरपालिकाले पूर्वाधार कर भन्दै मंगलबारदेखि कर संकलन शुरु गरेको छ । प्रति ब्यक्ति रू. २० रूपैया कर लिने कामको सामाजिक सञ्चालमा चर्को आलोचना भएको छ ।

अब देखि पुल मार्फत ओहोरदोहोर गर्नेले प्रति व्यक्ति २० रुपैया कर बुझाउनु पर्ने हुन्छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर संकलन गर्ने निर्णयमा पुगेको र यो निर्याको पुनविचार गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *