गलकोट स्पोर्ट्स क्लव जापानको छैठौं रनिङ शिल्भर कप हुँदै

थम्मन थापा बागलुङ, वैशाख

जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लव टोकियोको ७ औं वार्षिकोत्सवको अवसरमा छैटौं रनिङ सिल्भरकप प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।
क्लबले मे २४ तारिख सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा रनिङ सिल्भरकप प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ । प्रतियोगितामा प्रथम पूरस्कार ३ लाख, सिल्भर कप र दित्तिय पुरस्कार २ लाख येन कप सहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

कल्बले यसपटक सेमीफाईनल पुग्ने २ टिमलाई सान्तवना पुरस्कार नगद ५०÷५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरिने क्लबका अध्यक्ष लक्ष्मण कार्किले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८ वटा बिधागत पुरस्कार अन्तरगर्त वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर, वेस्ट डिफेन्सिव, वेस्ट सर्भर, वेस्ट लिब्रो, वेस्ट कोच लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने मुल आयोजक समिति प्रचारप्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिनुभयो । जापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गलकोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *