आगलागीबाट बडिगाडमा एक घर जलेर नष्ट


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ पोखराडाँडा निवासी जोक बहादुर घर्तीको घर आगोलागीबाट पूर्णरूपमा नष्ट भएको छ ।

आगोलागीबाट पशुचौपाँया, भाँडाकुँडा, नगद, लत्ताकपडा, खाद्यान्नगरी करिब ७ लाख बराबरको क्षति भएको बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाएजाले जानकारी दिनुभयो । मङ्गलबार राती बडिगाड वडा ७ को छाप सल्लेखर्कको सल्लाघारी बनबाट सुरु भएको डढेलो असारेगाउँमा प्रबेश गरेपछी घर्तीको घर र गोठ जलेर नष्ट भएको हो ।

घर जलेपछि लत्ता कपडा र खाद्यन्नको अभाव भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *