बागलुङका करणको विष्फोटक ब्याटिङ,नेपालको दोस्रो ठूलो स्कोर

आदर्श अनलाइन,काठमाण्डौं

करण केसीको विस्फोटक ब्याटिङको मद्दतले नेपालले त्रिदेशीय शृङ्खालामा मलेसियाबिरुद्ध २ सय १७ रनको विशाल योगफल प्रस्तुत गरेको छ ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

करणले मात्र १३ बल ७ छक्काको मद्दतले ४५ रन बनाए । उनी युवराज सिंहले बनाएको सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमानबाट एक छक्काले बञ्चित बने । सिंहले १२ बलमा अर्धशतक बनाएका थिए । करण बागलुङ सिगानाका हुन् ।

यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए । उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए ।

मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *