बागलुङ बजार नजिकैको लङ्गाउँमा खानेपानीको चरम अभाव


–खेमराज गौतम, बागलुङ
स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका वासिन्दाको आशा निरासामा परिणत हुँदै गएको छन् ।

बागलुङ बजार नजिकैको लङ्गाउँका स्थानीयले विगत दश वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन विराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि २०३४ सालमा बागलुङ नगरपालिका–६ धारापानीको मुहाँनबाट पानी ल्याएर खादै आउनुभएका लङ्गाउँ वासीलाई पुन दशवर्ष अघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।

जनसंख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहाँन सुक्दै जानथालेपछि विगत दश वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीय टेक बहादुर थापाले बताउनुभयो । “हिउँदको चार महिनामा नेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामादुई गाग्री पानी आउछ”थापाले भन्नुभयो “एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाई र पशुहरुका लागि लङ्गाउँ मुनीको गोजीको धारोबाट बोकेर ल्याउछौं, आउन जान आधा घण्टा लाग्छ ।”

बजार नजिकैको घर भएर समेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नु पर्ने समस्या पीडादायी भएको उहाँको गुनासो रहेको छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हाल सम्म कुनै काम हुँन नसकेको स्थानीय याम थापाले जानकारी दिनुभयो । अहिले लङ्गाउँका लागि भनेर भीरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानीतानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडी नबढ्दा समस्या भइरहेको छ ।

बागलुङ नगरपालिकाको खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र बागलुङ नगरपालिकाको साझोदारीमा काठेखोलाको पानी लिफ्ट मार्फत माथी ल्याउने काम भइरहेपनि समयमै नसकिदा सोही लिफ्टको पानीमाथी लगेर लङ्गाउँ पु¥याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत्र, वैशाख र जेठमा खानेपानीको चरम अभावहुँने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न समेत पाइन्छ ।

अहिले लङ्गाउँका स्थानीयले भरिलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानीकुदै बसेका छन् । तर मुख्यखानेपानी आयोजनाको काम पुरा नहुँनु र भीर लाखुरी पम्प मार्फत पु¥याउने खानेपानीको कामको कुनै शुरसार नहुँदा अझै केहीवर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा रहेको छ ।

नगरपालिकाले खानेपानीका लागिअधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पु¥याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुँने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । “नगरका सबै घरमाधारा मेरो अभियान हो, अहिले लङ्गाउँमा डिपिआरको काम चलिरहेको छ, कोरोना र पहिरोका कारणनगर खानेपानीको आयोजना एक वर्ष ढिलाई हुँनपुग्यो, त्यो सम्पन्नहुँदा साथ काठेखोलाको पानी भिरलाखुरी पु¥याएर लङ्गाउँमा वितरण गरिनेछ ।” नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्दा साथपुन एक लाखलिटरको ट्याङ्की निर्माण गरिएको भिरलाखुरी पुग्नेछ । एक देखि दुई वर्षमा लङ्गाउँमा खानेपानी पु¥याउने हाम्रो योजना रहेको छ ।

लामो समयखडेरी पर्नु, अव्यवस्थीत तरिकाले बस्ती वस्नु, मुहानमा डोजर चलाईनु जस्ता कारण धेरै स्थानमा खानेपानीको समस्या हुँनथालेको समेत छ । अहिले नगरपालिकाको सिगानाको लामिचौरमा समेत चरम खानेपानीको समस्या रहेका कारण लिफ्ट मार्फत खानेपानी पु¥याउने कार्य थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *