बागलुङ नगरपालिकाका विद्यालय वैशाख १९ सम्म बन्द


–आदर्श अनलाइन, बागलुङ
विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागु हुनेगरी सम्पूर्ण शिक्षण संस्था, ट्युसन, भाषा तयारी कक्षा वैशाख १९ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।



नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

अहिले बागलुङको नगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत २३ विद्यार्थी सक्रिय सक्रमित छन् । हाल बागलुङ नगरपालिकामा ६१ सक्रिय सक्रमित भएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *