मुस्ताङको काभ्रेभीरमा मोटरसाइकल दुर्घटना, पोखराका युवकको मृत्यु

आदर्श अनलाइन, पोखरा
मुस्ताङमा सवारी दुर्घटनामा परी पोखराका युवकको जयान गएको छ । शुक्रबार दिउँसो १ः५ बजेतिर मुस्ताङको थासाङ गाँउपालिका–४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २५ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी खोंचमा खसेर गम्भीर घाइते भएका पौडेललाई लेते स्वास्थ्य चौकी पठाइएको थियो । त्यहाँ लगिएपछि उनलाई मृत घोषणा गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *