कोरोना कहरः धमाधम होटल बुकिङ रद्द

साधना पन्त, बागलुङ
बागलुङमा कोरोना जोखिम बढेसंगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः संकटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचिमा परेको खबर सार्वजनिक हुन साथ होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।

कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचिमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्रमा वैशाख मसान्त सम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिम रुपमा भएको बुकिङ समेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।

प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्त सम्म प्रवेशमा रोक लगाए पछि झण्डै जिल्लाका ५ सय बुकिङ रद्द भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

‘जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो, तर कोरोनको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गते देखि प्रवेशमा रोक लगाए पछि अग्रिम बुकिङ भएका होटलहरु धमाधम रद्द भएको हो’ राजभण्डारीले भन्नुभयो ‘कोरोनाले थलिएका होटल व्यवसाय उठ्न थालेको समयमा पुनः समस्या परेको छ, अन्य जिल्लाको तुलनामा बागलुङ बढी असर परेको देखिन्छ, सबै सचेत हुन जरुरी छ ।’

कोरोना जोखिम बढेसंगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएसंगै होटलहरु सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि संचालनमा आएका थिए । तर, पुनः कोरोना जोखिम बढेसंगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।

बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पन्चकोट, सालिग्राम संग्राहलय हेर्न पाठ पुजा गर्न आउने भए पनि प्रशासनले रोक लगाए पछि झनै समस्या भएको होटल व्यवसायी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल बताउनुहुन्छ । लामो समय पछि होटल व्यवसाय चालेको अवस्था थियो, एक्कासी मठ मन्दिरमा प्रवेश रोक लगाए पछि होटल व्यवसायमा थप संकट आउने अवस्था रहेको चोखालको भनाई छ ।

अन्य जिल्लामा मठमन्दिर प्रवेश रोक नलगाइएको तर बागलुङमा बन्द हँुदा प्रत्यक्ष रुपमा यहाँका व्यापारी मारमा परेको चोखालको गुनासो छ । उहाँले सम्वन्धित निकायले बैज्ञानिक ढङ्गले मापदण्ड बनाएर मठ मन्दिरमा प्रवेश गर्न दिए राम्रो हुने बताउनुभयो । सम्वन्धित निकायले होटल व्यवसायी संग छलफल समेत नगरी अन्य जिल्लाबाट बागलुङ घुम्न आउने पर्यटकलाई रोक लगाएको होटल व्यवसायीको गुनासो रहेको चोखालले बताउनु भयो ।

कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने मानिसहरुले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउदा साथ होटल व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ ।

यो सिजन व्यापारको सिजन भए पनि बागलुङ बजारमै पर्यटक प्र्रवेशमा रोक लगाउदा सबै भन्दा धेरै मारमा होटल व्यवसायी पर्ने गरेका छन् ।

भर्खर व्यापार सुरु भए पनि कोरोनाले गर्दा फेरी बन्द गर्नुपर्ने अवस्था आएको होटल व्यवसायी होटल राजनका सञ्चालक एञ्जिल शाक्यले बताउनु भयो । कोरोनाको जोखम भन्दै मठ मन्दिर बन्द हँुदा अहिले होटलमा पाहुना आउन कम भएको छ । कार्यक्रमको लागि गरिएको हल बुकिङ रद्द भएको उहाँको भनाई छ । शाक्यका अनुसार आइतबार मात्रै ३३ जनाले होटलको कोठा बुक गरेपनि पछि बुकिङ रद्दको खबर आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *