बागलुङका २२ सहित गण्डकीमा १ सय ५६ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, म्याग्दी जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज आइतबारको पछिल्लो २४ घण्टाको कोरोना संक्रमितहरुको विवरण सार्वजनिक गर्दा संक्रमण बढ्दै गएको देखिएको हो ।

दिउँसो सवा २ बजे सम्मको निर्देशनालयको बुलेटिन अनुसार कास्कीमा ११४ जना, बागलुङमा २२ जना, तनहुँमा १० जना र म्याग्दीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरमा ७ जना, स्याङ्जामा ३ जना र पर्वतमा १ जना गरी गण्डकी प्रदेशमा १५६ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १७ हजार ७३७ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ । अरु थप विवरण पनि निर्देशनालयले जारी गर्दैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *