अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने वल्ड स्कुलद्वारामा पोखरा अन्तरक्रिया

आदर्श अनलाइन, पोखरा
बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदानका लागि काठमाडौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको बताइएको छ ।

हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ । कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानून शंकायको अध्यापन हुँदै आएको स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले जानकारी दिनुभयो ।

स्कुलले अहिले देशैभरि अन्तरक्रियात्मक नेपाल भ्रमण कार्यक्रम गरिरहेको छ । स्कुलले पोखरामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्यक्रममा बोल्दै अध्यक्ष झाले अबको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिनुभयो ।

झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको रहेको भन्दै सन् २०५० सम्ममा शिक्षाको नयाँमा आयाम आउने बताए । कार्यक्रममा काठमाडौ वल्ड स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने भन्दै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गर्नुभयो ।

सन्तानको भविष्यका लागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उहाँको भनाई छ । यो स्कुल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कुलका रुपमा परिचित छ । विद्यार्थीको राम्रो भविष्यका लागि अविभावकलाई छोराछोरी पठाउन काठमाडौ वल्ड स्कुलले आग्रह समेत गरेको छ ।

अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कुल सूर्यविनायक ७ गुण्डु, भक्तपुरमा रहेको छ । आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाता भित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *