कोरोनाबाट म्याग्दीका एक सहित गण्डकीमा एकैदिन ४ को मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्न थालेको छ ।

गण्डकी प्रदेशमा सोमबार कास्की जिल्लामा २, स्याङ्जा र म्याग्दीमा १,१ गरी ४ जनाको मृत्यु भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ७८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका २५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारकका क्रममा बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै सोमबार दिउँसो पोखरा १ की ५५ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलालाई शनिबार कोरोना संक्रमण पृष्टि भएको थियो । ती महिलालाई कोभिड—१९ डबल म्युटेन्ट देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका १२ का ५८ वर्षीय पुरुषको पनि सोमबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी मेडिकल केल पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको उनको शनिबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा सोमबार १ बजे सम्म ३७ जना कोरोना संक्रमित थपिएको छन् ।

कास्कीमा २६, म्याग्दीमा ३, स्याङ्जामा ३, तनहुँमा ३, लमजुङ्मा २ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमितको संख्या १७८३८ पुगेको पनि स्वास्थ्य निर्देशनालयल बताएको छ । पछिल्लो कोरोना पुष्टि भएका सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *