त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

आदर्श अनलाइन, काठमाडौँ
त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

‘कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको छ’ त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस अघि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । तर, त्रिविले सोमबार अबेर सूचना निकालेर १३ गतेको परीक्षा यथास्थितिमा राखेर १४ गतेदेखि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको सूचना जारी गरेको हो ।

May be an image of text

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *