वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन सहकार्य

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारको नाममा हुने मानव बेचबिखान तथा ठगी नियन्त्रणको लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन ।

नेपाल सरकार र स्विस सरकारबीच भएको द्धिपक्षीय सम्झौता अनुरुप चार स्थानीय तहको सञ्चालन तथा विवाईसी बागलुङको स्थानीय व्यवस्थापनमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सोमबार आयोजित प्रहरीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतले वैदेशिक रोजगारको नाममा हुने गैह्राकानुनी गतिविधि रोक्न सम्बन्धीत निकायसँगको सहकार्यलाई मजबु्द बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

वैदेशिक रोजगारको नाममा हुने आर्थिक ठगी, मानव बेचविखान जस्ता गैरकानुनी कार्यलाई निरुत्साहित गर्दै पीडितलाई न्याय दिलाउन प्राकृतिक न्यायको सिद्धान्तलाई आधार बनाएर काममा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।

उजुरी अनुसार प्रशासनले कारबाही अगाडी बढाउने भएपनि पीडितसँंग कुनै प्रमाण नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासनको क्षेत्राधिकार भित्र पर्ने अधिकारको प्रयोग गरी पीडितमैत्री सेवा प्रवाहमा आवश्यक समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीका मुद्दामा प्रहरीले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गर्ने प्रहरी निरीक्षक विजय भण्डारीको भनाई थियो । ‘विदेश पठाउने नाममा ठगी हुने क्रम बढेको बताउदै उहाँ वैदेशिक रोजगार विभाग र प्रहरीसँग भएको सम्झौताको कार्यन्वयनमा जाने बताउनुभयो ।

कार्यक्रममा परियोजना संयोजक मिनप्रसाद उपाध्ययले वैदेशिक रोजगारको वर्तमान अवस्थाको वारेमा जानकारी दिदै वैदेशिक रोजगारको नाममा हुने ठगीमा आवश्यक प्रमाण जुटाउने तथा एजेन्टको खोजीमा प्रहरीको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले परियोजना सम्बन्धी जानकारी दिदै सिपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श,बैदेशिक रोजगारमा नागरिकको सूचनाको पहुँच,न्यायमा पहुँच र बित्तीय साक्षरतामा परियोजनाको भूमिका महत्वपूर्ण रहेको दावी बताउनुभयो ।

आप्रवासन स्रोत केन्द्र परामर्शकर्ता नवीन शिशिरले प्रशासन र प्रहरीको सहयोगमा धेरै ठगीका घटनामा पीडिले न्याय पाएको उल्लेख गर्दै विदेश जाँदा नागरिकहरुले पैसा बुझाएको लगाएतका अन्य प्रमाण सुरक्षित राख्न आग्रह गर्नुभएको थियो ।

बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा दुई वर्षदेखी सामी परियोजना संचालनमा रहेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले कार्यान्वयनमा रहेको परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श, निःशुल्क कानुनी सेवा, सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्थपनाको काम गर्दै आएको विवाईसीका अध्यक्ष मणीभद्र शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *