खिमा पाण्डे
सञ्चालक, जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जा
जीवन सिकाई हो, हामीले काम गर्ने हरेक क्षेत्रमा थप प्रगतिका लागि अन्यत्रका अनुभवको पनि महत्वपूर्ण भूमिका रहन्छ, यही सोंचका साथ जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाको निर्णय अनुसार नयाँ वर्ष २०७८ को शुभकामनाका रुपमा हामीले लुम्बिनी र कर्णाली प्रदेशका सहकारी संघ संस्था तथा अन्य क्षेत्रको अध्ययन अवलोकन गरेका छौ । नेपालको मध्यपश्चिम क्षेत्रका सहकारीहरुका साथै त्यस क्षेत्रका अन्य महत्वपूर्ण पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्नका लागि जिल्ला सहकारी संघ लिमिटेडको १८ जनाको टोली २०७८ सालको पहिलो दिन बैशाख १ गते स्याङ्जाबाट त्यसतर्फ लाग्यौ । नयाँ वर्षको पहिलो दिन संंघका अध्यक्ष लक्ष्मीपति पौडेलको नेतृत्वकोे टोली स्याङ्जाबाट बिहान ७ बजे छुट्यौ । पहिलो दिन हामी कोहलपुर पुग्ने लक्ष्यका साथ अगाडि बढेका थियौ । बाटोमा रमाइलो गर्दै सांझ हामी कोहलपुर पुगेर बास बस्यौ ।
अध्ययन अवलोकन भ्रमणको क्रममा हामीले दाङको तुल्सीपुरमा पूर्वमन्त्री लोकेन्द्र बिष्टले ५ बिगाहा जग्गामा लगाएको ड्रागन फल खेतीको अवलोकन ग¥यौ । मन्त्री भएको व्यक्ति आज कृषि क्षेत्रमा लागेर ड्रागन खेतीमा गरेको प्रगति देखेर आनन्द आयो । जीवनभर राजनीति गरेको मानिसले कृषि क्षेत्रमा गरेको प्रगति सबैका लागि अनुकरणीय छ जस्तो लाग्यो । यो खेतीलाई राम्रो तरिकाले गर्न सक्ने हो भने मनग्ने आम्दानीको स्रोत भएको अनुभूति गरियो । गर्न सके नेपालमै रमाउन सकिन्छ भन्ने उदाहरण बिष्टको ड्रागन खेतीलाई लिन सकिन्छ । मन भित्रैबाट केही गरौ भन्ने सोच आउने हो भने धेरै गर्न सकिन्छ भन्ने उदाहरण बिष्ट बन्नु भएको छ ।
त्यही दिन हाम्रो टोलीले बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्था लिमिटेडको अवलोकन ग¥यौ । ४ हजार मेट्रिक टन क्षमता भएको कोल्ड स्टोरका कारण त्यस क्षेत्रका उत्पादक कृषकहरुले आफ्नो उत्पादनलाई मूल्य पाउने समयमा विक्री गर्न सकेको कुरा जानकारी पाउदा खुशी लाग्यो । शीत भण्डारलाई व्यवस्थित गराउन सके कृषकहरुको आयस्तरमा परिवर्तन ल्याउन सकिने विश्वास भेरी शीत भण्डारको अवलोकनपछि प्राप्त भयो । स्याङ्जामा पनि शीत भण्डार सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । मनमनै हाम्रा कृषक दाजुभाई दिदी बहिनीहरुले पनि यसबबाट फाइदा लिन पाउने भए भन्ने सोचेर आनन्द आयो ।
अध्ययन अवलोकनकै क्रममा बर्दिया जिल्लाका सहकारी संस्थाहरुद्वारा सञ्चालित दुग्धजन्य परियोजनाहहरु र पशु बधशाला तथा मासु प्रशोधन उद्योगले पनि हाम्रो मन लोभ्यायो । साच्चिकै सहकारीमार्फत कृषि, दुग्ध लगायत उत्पादनका क्षेत्रमा महत्वपूर्ण काम भएका रहेछन् भन्ने मलाई अनुभूति भयो ।
लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रको अवलोकनपछि हामीहरु कर्णाली प्रदेशतर्फ प्रस्थान ग¥यौ । सुर्खेत, दैलेख हुदै अध्ययन अवलोकन भ्रमणको दोस्रो दिन हामी कालिकोट पुगेर बास बस्यौ । भ्रमणको तेस्रो दिन बैशाख ३ गते बिहान कालिकोटको सदरमुकाममा हामीले सहकारीकर्मीहरु र जनप्रतिनिधिहरुसंग त्यहाँको बारेमा छलफल गरियो । स्थानीय स्तरमा भएका सहकारीका प्रभावकारी कामहरु, आगामी दिनमा गर्न सकिने विषयहरुमा महत्वपूर्ण छलफल पछि हाम्रो टोली रारातर्फ लाग्यो । डरलाग्दो, निकै कठिन भीरको बाटो हुदै कालीकोटको पिप्ली भन्ने ठाउँ पुग्यौ तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको अन्तिम युद्ध भएको थियो । उक्त घटनामा धेरै मानवीय क्षति भएको थियो । त्यहाँ गाडि रोकेर केही समय फोटा खिच्ने काम भयो ।
त्यहाँको केही बेरको बसाई र युद्धको चर्चा परिचर्चा पछि भावुक हुदै अगाडि बढ्यौ । रमणीय दृष्य हुदै माघमा भन्ने गाउँ बजार पुग्यौ । बाटोमा बीच बीचमा पानी घट्टा, सानो तिनो हाइड्रो पावर, ठुलो ठुलो काठको मुढालाई कुदेर छेकेर बनाइएका काठका पुलहरु देखेर आनन्द अनुभूति भयो । कही पसारिएका विशाल नाङ्गा डाडा जहाँ स्याउ खेती राम्रो हुने संभावना रहेका छन् । कही धुपी सल्लो प्रशस्त हिऊ परेको निकै रमणीय ठाउँ जहाँ हिऊ खेल्दै रमाउदै मुगुको सल्लेरी भन्ने ठाउँमा पुगी त्यही गाडि पार्किङ गरेर घोडा बसार गरी करिव एक घण्टामा पारी स्थानीय होमस्टेमा पुग्यौ र त्यहाँको अर्गानिक खाना विभिन्न जडिबुटीबाट बनाइएको चियाको स्वाद लिदै रारा ताल पुग्यौ ।
नेपालकै सबै भन्दा ठुलो र गहिरो ताल जसको निलो, सेतो, पहेँलो र कालो जस्ता रंगी विरंगी रंग फिरेको देख्यौ । सुन्दरताले हामीलाई चिसोको महसुस हुन दिएन । विशाल काठहरु उपयोगमा नआएर ढलेर कुहिएका अवस्थामा भेट्यौ । सरकारले वन विभागलाई लगाएर त्यसै खेर गैरहेका काठहरु सदुपयोगमा ल्याउनु पर्ने देखियो । त्यसबाट धरै सम्पत्ती आर्जन गर्न सकिने अनुभूति गरियो । त्यहाँका जनतालाई जनचेतना गराउन जरुरी देखियो । त्यो ठाउँमा पक्की बाटा, पक्की पुलहरु, नाङ्गा डाडा, स्याउ खेती, बिजुलीलाई तुरुन्तै विकास गर्नु पर्ने जरुरी देखियो । त्यसो गर्न सकेमा त्यो ठाउँ सिंगापुर, स्वीजरल्याण्ड जस्तै हुने संभावना देखियो । त्यस ठाउँलाई विकास गर्न आशा लिदै हामी जुम्लातर्फ लाग्यौ । चारैतिर हिमाल, पहाडले घेरेको आफैमा चिटिक्क परेको जुम्लाले मनै लोभ्यायो । त्यहाँ प्रशस्त स्याउ खेती देखेर निकै खुशी लाग्यो ।
जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदम महत लगायत सहकारीकर्मीहरुसंग सहकारीका विभिन्न विषयमा हामीले छलफल गरेका थियौ । स्याङ्जाको सुन्तला र जुम्लाको स्याउ आदान प्रदान गर्ने विषयमा स्याङ्जाका अध्यक्षले राखेको प्रस्तावमा जुम्लाका अध्यक्षले सहमति नजाउनु भएको छ । सहकारीहरुले एक ठाउँमा गरेको काम वा व्यवसाय अर्को ठाउँका सहकारीहरुका लागि नयाँ र व्यवसायिक हिसावले प्रभावकारी हुने देखियो । सहकारीहरुबीच समन्वय गरेर अगाडि बढ्ने हो भने मुलुकमा रहेका स्रोतहरुको परिचालनमा सहजता ल्याउन सकिनेमा विश्वस्त भइयो ।
भ्रमणका क्रममा दाङ, बाँकेको कोहलपुर, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु लगायत जिल्लाका सहकारीहरुको अध्ययन अवलोकनका साथै प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धनका अन्य महत्वपूर्ण क्षेत्रहरुको अवलोकन सकेर घर फर्किदा एउटा छुट्टै संसारमा पुगेर फर्के जस्तो अनुभूति भयो ।
नेपाल प्रकृतिले भरपुर दिएको एउटा सुन्दर देश हो । हामी सबै मिलेर यो देशलाई बनाउन सक्ने हो भने पर्यटनबाट मात्रै देश आर्थिक रुपमा सम्पन्न बन्न सक्ने थुप्रै आधारहरु छन् । यतिबेला हामी सहकारीमार्फत के गर्न सकिन्छ ? भन्ने सोचेर अध्ययन अवलोकनमा गएका थियौ । साच्चिकै सहकारी क्षेत्रलाई अहिले गर्दै आएका कामहरुसंगै पर्यटन प्रवद्र्धनमा पनि लगाउन सक्ने हो भने मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने थियो भन्ने मलाई लागेको छ ।
यात्राका क्रममा धेरै कुरा सिक्ने, जान्ने र देख्ने अवसर प्राप्त भएको छ । यात्राको अवसरका लागि जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल सहित संघका सम्पूर्ण साथीहरु लगायत यात्रामा सहयोग र समन्वय गर्ने सबैमा धन्यवाद । जय सहकारी