गण्डकीका ३ सांसदलाई कोरोना पुष्टी

पोखरा

गण्डकीका ३ सांसदलाई कोरोना पुष्टी भएको छ ।

सत्तारुढ एमालेका २ र कांग्रेसका १ सांसदमा कोरोना पुष्टी भएको हो । एमालेका राजीव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना देखिएको हो । कर्मचारी सुष्मा गुरुङ पनि कोभिड पुष्टी भएको हो ।

कोरोना देखिएका सांसदहरु संसद बैठकमा बोल्न पाउँदैनन् । तर उनीहरुलाई मतदानको अधिकार भने सुरक्षित रहन्छ । सुरक्षित भएर संसद भवनभित्र छिर्ने र मतदानको व्यवस्था मिलाउने सहमति कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको छ । एमालेले सांसदको पिसिआर विना संसद नचलाउन माग गरेपछि मंगलबार नै उनीहरुको स्वाव लिईएको थियो ।

बुधबार विहान आएको रिपोर्टमा ४ जनाको रिपोर्टले कोभिड पुष्टी गरेको छ । सांसद, कर्मचारी र सुरक्षाकर्मी सहित १ सय ५३ जनाको स्वाव लिईएको थियो । आज १ बजेदेखि बैठक भने नियमित सन्चालन हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *