गण्डकीमा सत्ता रस्साकस्सीः बागलुङका सांसद नआए पछि देशव्यापी तरंग

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा अनुपस्थित भएपछि देशव्यापी तरंग पैदा भएको छ ।

आजको सामाजिक सञ्जाल पक्ष र विपक्षका प्रतिक्रिया सहित यसै विषयले रंगिएको छ ।
सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य शाही अस्पतालमा कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिनु भएको छ । यद्यपि उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ ।

प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिनु भएको हो । उहाँसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताउनुभयो ।

प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन्, उहाँ पनि एक हो ।’

गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेश सभामा निवेदन दिनुभयो । लगत्तै सभामुखले अर्को सूचना नआउँदा सम्म प्रदेशसभाको बैठक स्थगित गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *