अस्पतालबाट फर्केपछि सबै कुराको जवाफ दिन्छु : सांसद शाही


–आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा अनुपस्थित भएपछि बुधबार संदस स्थगन गरिएको विषयलाई सांसद शाहीले प्रष्ट पार्नुभएको छ ।

गण्डकी प्रदेशको प्रदेशसभामा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुँने कार्य सूचि भएको समयमा सांसद शाही सम्र्पक विहिन भएको भन्दै संसद रोकिएको विषयमा आफूले अस्पतालबाट फर्केपछि सबै कुराको जवाफ दिने बताउनुभयो ।

मतदानको समयमा विरामी हुँदा अनेक टिकाटिप्पणी भएपछि आज बागलुङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित शाहीले एक विज्ञप्ती जारी गर्दै भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ । उहाँले जारी गरेको एक विज्ञप्तीमा मतदानका लागि प्रदेशसभा जाने तयारी गरिरहेको सन्र्दभमा एक्कासी विरामी भई विहोस भएपछि अस्पताल भर्ना भएको र अस्पतालबाट फर्केपछि आफूविरुद्ध गरिएको टिकाटिप्पणीका विषयमा जानकारी दिने बताउनुभएको छ ।

‘सदन जाने तयारी थियो एक्कासी असहज महशुस भयो, भाई जुन विक्रम शाहीलाई बोलाएर अस्पताल गए, अस्पताल नपुग्दै विहोस भएको थिए’ प्रेस विज्ञप्तीमा भनिएको छ ‘अहिले स्वास्थ्यमा सुुधार भइरहेकोछ, अस्पतालबाट फर्केपछि सबै कुराको जवाफ दिनेछु ।’

सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य शाही बुधबार चरक अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिनु भएको थियो । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।

बुधबार अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेश सभामा निवेदन दिएलगत्त सभामुखले अर्को सूचना नआउँदा सम्म प्रदेशसभाको बैठक स्थगित गर्नुभयो ।

गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थितिले देशभर तरंग पैदा भएको थियो । अविस्वासको पस्तावमा पक्ष र विपक्षमा मतदानमा एक सांसद तलमाथी हुँदा सत्ता समिकरण फरक बन्ने अवस्थामा सांसद अनुपस्थितिले ठूला तरङ्ग ल्याएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *