बलात्कार प्रयास गर्ने युवालाई ३ वर्ष कैद


आदर्श अनलायन, बागलुङ

१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयाश गरेको भन्दै जिल्ला अदालत बागलुङले एक युवालाई तीन वर्ष सजाएको फैसला सुनाएको छ ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई जिल्ला अदालत बागलुङले बिहीबार ३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्याधिश बासुदेव न्यौपानेको बैशाख १६ गतेको इजलाशले क्षेत्रीलाई कैद सहित पीडितलाई ५० हजार क्षतीपुर्ती र ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरि फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

२०७७ जेठ २९ गते आफुलाई क्षेत्रीले बलात्कारको प्रयाश गरेको भन्दै युवतीले जेठ ३२ गते जिल्लाप्रहरी कार्यालय बागलुङमा जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गर्नुभएको थियो । प्रहरीले क्षेत्रीलाई ३१ गतेनै उनकै घरबाट पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत २०७७ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गराएको थियो । क्षेत्री जिल्ला न्याधिश बासुदेव न्यौपानेको इजलाशले असार २४ गते पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *