बागलुङका तीन पालिकाको सेवा बन्द

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा कोरोना सक्रमणको दर बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय पालिकाका कर्मचारीलाई कोरोना सक्रमण देखिएसंगै बागलुङ जिल्लाका तीन पालिकाको सेवा बन्द भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही थप कर्मचारी कन्ट्रयाक्ट ट्रेसिङमा परेको भन्दै बागलुङ नगरपालिको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्माले जानकारी दिनुभयो । यस्तै जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका कर्मचारीलाई समेत कोरोना देखिएपछि सेवा बन्द गरिएको जनाएका छन् ।

ताराखोला गाउँपालिकाले वैशाख १७ गतेदेखि २३ गते सम्म अत्यावश्यक बाहेकका सबे सेवा बन्द गरेको ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

यस्तै गलकोट नगरपालिकाले दुई कर्मचारीमा कोरोना पुष्टी भएसंगै आगमी वैशाख २० गते सम्म नगरपालिकाको सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दै बताउनुभएको छ ।

यस्तै गलकोट नगरपालिका–६ वडा बिहीबार राति १२ बजे देखी वैशाख २० गते सम्म सेवा, पसल तथा बजार बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक बाहेकका सबै कामहरु बन्द गर्ने, पसल होटल लगाएतका सबै ब्यवसाय बन्द गर्ने निर्णय भएको गलकोट नगरपालिका–६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै शुक्रबार रातीदेखि हटियाबजार समेत बन्द गर्ने निर्णय भएको गलकोट नगरपालिकाले जनाएको छ । सबै पालिकाले अत्यावश्यक सेवा भने सुचारु रहेको जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *