बागलुङमा एकैदिन २७ जनामा कोरोना संक्रमण


–आदर्श अनलाइन, बागलुङ
बागलुङमा बिहीबार २७ जनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा २३ जना र एन्टिजेन परिक्षणमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेले २५, ४६, २४, २१ र २५ बर्षिय ५ जना पुरुष र ३६ बर्षिय एक जना महिला हिरासतका बन्दी, बागलुङ नगरपालिका वडा नम्बर ४ का ३०, ४५ बर्षिय दुई जना पुरुष, वडा नम्बर १ का ६५ र १६ बर्षिय दुई जना पुरुष र ६३, ५९ र ३१ बर्षिया तीन जना महिला, वडा नम्बर ७ की २९ बर्षिया एक जना महिला, वडा नम्बर ९ का ३१ बर्षिय पुरुष र ४७ बर्षिय महिला, वडा नम्बर १२ की १८ बर्षिय महिला, वडा नम्बर ३ को ३१ बर्षिय पुरुष, वडा नम्बर २ का ५९ बर्षिय एक महिला र धौलागिरी अस्पतालमा कार्यरत ३५ बर्षिय चिकित्सक र गलकोट नगरपालिकाका ६२ बर्षिय पुरुष र ३५ बर्षिय महिलालाई पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिनुभयो ।


यस्तै एन्टिजेन परिक्षण मार्फत ताराखोला गाउँपालिकाका तीन जना कर्मचारी र बडिगाड गाउँपालिकाका एक स्थानीयलाई संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *