बागलुङमा पिसिआर मेसिनः सफल परीक्षणपछि मात्र सञ्चालन

डम्मर बुढा मगर, बागलुङ
मन्त्री परिषद्बाट निर्णय भएको दश महिनापछि बागलुङको धौलागिरी अस्पतालमा गत हप्ता पिसिआर मेसिन जडान भयो । मेसिन जडान भएको हप्ता दिन बितिसक्दा पनि अझै यहाँबाट स्वाब परीक्षण गर्न सुरु भएको छैन । बागलुङमै स्वाब परीक्षण गराउने प्रतिक्षारत धौलागिरीवासी १० महिनासम्म मेसिन जडान नहुँदा निरास भएका थिए । कोरोना संक्रमण दर बढ्दै गए पनि अस्पतालले ढिलाई गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

केन्द्रीय प्रयोगशालाबाट परीक्षणको लागि अनुमति नआएको हुँदा काम सुरु गर्न नसकेको धौलागिरी अस्पतालका मेडिकल सुररिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताउँनुहुन्छ । ‘सबै उपकरण आएर पनि जडान भइसकेको छ, जनशक्ति पनि तयारी अवस्थामा राखेका छौँ,’ डाक्टर पोखरेलले भन्नुभयो ‘परीक्षणलाई अगाडि बढाउनका लागि केन्द्रीय प्रयोगशालाबाट अनुमति आउनु पर्छ, माथिमाट अनुमति नआएको हुँदा काम सुरु गर्न सकेका छैनौँ ।’

पिसिआर परीक्षणका लागि दुई जना टेक्नोलोजिस्टहरु तयारी अवस्थामा रहेको भन्दै डाक्टर पोखरेलले पूर्वाधारसँगै अन्य व्यवस्थापनको तयारी पूरा गरेको बताउनुभयो । अहिले बागलुङमा दैनिक रुपमा कोरोना संक्रमित बढि रहेका छन् । उनीहरुको सम्पर्कमा भएका र लक्षण देखिएर स्वाब परीक्षण गराउनेको संख्या पनि उत्तिकै छ ।

अस्पतालमा मेसिन तयारी अवस्थामा भए पनि स्वाब परीक्षणका लागि पोखरा पठाउनु पर्ने बाध्यता छ । बागलुङबाट दैनिक रुपमा दर्जनौँको स्वाब परीक्षणका लागि पोखरा पठाउँदै आएको छ । पोखरामा परीक्षण हुँदा नागरिहरुले त्यसको रिपोर्ट तुरुन्त पाउन सकेका छैनन् । एक÷दुई दिन भन्दा बढि कुर्नु पर्ने अवस्था छ ।

सरकारले बागलुङसहित १४ जिल्लालाई कोरोनाको उच्च प्रभावित जिल्लाको सूचिमा राखेको छ । सरकार र सरोकारवाला निकायकै लापरवाहीमा कारण १० महिनासम्म मेसिन जडान नहुनु र जडानपछि पनि तुरुन्त संचालनमा आउन नसक्नु दुखद भएको स्थानीयको भनाई छ ।

मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले केन्द्रीय प्रयोगशालाबाट अनुमति आउना साथ कोरोना परीक्षणको कार्यलाई अगाडि बढाउने बताए पनि कुन मितिबाट सुरु हुन्छ भन्ने एकिन नभएको बताउँनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *