बागलुङका नेवार समुदायले तिहारको भोलीपल्ट टीका लगाउने

आदर्श अनलाइन, बागलुङ

जिल्लाका नेवार समुदायले तिहारको भोली पल्ट मात्र भाई टीका लगाउने भएका छन् ।

काठमाण्डौं उपत्यका सहित बिभिन्न जिल्लाका नेवार समुदाय म्हः पूजा कहिले गर्ने र भाइ टीका लगाउने भन्नेमा विभाजित छन् ।

जिल्लाका सबै नेवार समुदायलाई तिहारको भाई टीकाको भोली पल्ट मंगलबार भाइटीका लगाउने तयारी गरिएको नेपाल भाषा मकां खलः बागलुङका सचिव सुदिप राजभण्डारीले आदर्श अनलाइनलाई बताउनुभयो। तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको थियो ।

हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल छ ।

म्हःको शाब्दिक अर्थ देह या शरीर हो । यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *