मृगौला पीडित श्रीसलाई सहयोग

आदर्श अनलाइन, बडिगाड

मृगौला पीडित ३७ वर्षीय चन्द्र बहादुर श्रीसको परिवारलाई एक लाख सतासी हजार बढि रकम हस्तान्तरण गरिएको छ। बडिगाड गाउँपालिका २ सिमलचौर स्थायी घर भइ गणतन्त्र चेकमा हुनुहुने सञ्जय अधिकारीको नेतृत्वमा संकलित १ लाख ८७ हजार ४ सय ३१ रुपैया शनिबार गरिएको हो।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल र पत्रकार कमल पौडेलले रेमका बाबा इन्द्र बहादुर श्रीसलाई वामीटक्सार पल्टार स्थित घरमै पुगेर हस्तान्तरण गरिएकाे हाे ।

श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ। लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गर्नुभएको थियो। सोहि आधारमा सहपाठी तथा मानवसेविहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु भएको हो।

घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग सहयोग अभियान सुरु गरिएको अधिकारीले बताउनु भएको छ। श्रीसको उपचारको लागी ३० लाख वढि आवश्यक पर्ने परिवारले जनाएको छ। यस अघि जापान लगाएतका देशमा रहने वामेलीहरुको नेतृत्वमा १२ लाख वढि रकम संकलन भइ हस्तान्तरण भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *