सरसफाई तथा माक्स वितरण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा ३ को गुठी युवा क्लवले शनिबार बागलुङ बजारका विभिन्न ठाउँमा सरसफाई तथा माक्स वितरण गरेका छन् ।

कोरोना कहरको कठिन अवस्थामा सामाजिक दुरी कायम गरौँ, मास्क अनिवार्य प्रयोग गरौँ भन्दै क्लबका युवाहरु बजारमा मास्क नलगाई हिडेका मानिसहरुलाई सहजता अपनाउन तथा मास्क अनिवार्य लगाउन आग्रह गरिएको थियो ।

बागलुङ बजारको बसपार्क वरिपरि र अन्य ठाउँमा धेरै फोहोर भएको कसले पनि चासो नभएकोले हामीले सरसफाई गर्ने योजना बनाएर सरसफाई गरेको क्लवका सचिव सुवास रुचाल जानकारी दिनुभयो ।

नेपाल दिनहुँ दिन कोरोना भाईरस बढी रहेको अवस्थामा बाटो हिड्दा अनिवार्य मास्क लगाएर हिड्न, जरुरी काम परेमा मात्र घरबाट बाहिर निस्कने भन्दै माईकिङ मार्फत जानकारी दिएको क्लबका सचिव रुचालले बताउनुभयो ।

युवाहरु पनि सामाजिक काम अग्रसर हुनु पर्ने, समाजका परिवर्तनका लािग युवाको भुमिका अत्यन्तै जरुरी रहेकाले सरसफाई तथा मास्क वितरण गरेको र आगामी दिनहरुमा पनि यस्ता खाल सामाजिक कार्य, जनचेतनाका कार्यक्रम तथा अन्य कार्यक्रमहरु गर्ने योजना रहेको क्लबका अध्यक्ष दिपेन्द्र रुचालले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *