पत्रकारलाई कोरोना बीमा दाबी रकम भुक्तानी

आदर्श अनलाइन, बागलुङ

फ्रन्टलाईनमा खटिएर रिपाेर्टिङ गर्दा कोरोना संक्रमण पुष्टी भएका भएका बागलुङका दुई पत्रकारलाई कोरोना दाबी भुक्तानी गरिएको छ ।

कोरोना संक्रमण पुष्टी भएका नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेल तथा पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई कोरोना बीमाको दाबी रकम पत्रकार महासंघ बागलुङ शाखालाई प्राप्त चेक हस्तान्तरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष नविन शिशिर बिकले जानकारी दिनुभयो ।

राजभण्डारी र कंडेललाई कोरोना पुष्टी भएपछि उहाँहरुको नाममा पत्रकार महासंघले बीमा गरेको कम्पनीमा भुक्तानी दावी गर्दा प्राप्त रकम अनुसार रु. एक लाखका दरले कोरोना दाबी रकम भुक्तानी गरिएको गरिएको हो ।

पत्रकार महासंघ मार्फत बीमा गर्नुभएका चार जना पत्रकारमा मात्रै हाल सम्म कोरोना संक्रमण भएको पुष्टी भएको छ । जसमध्ये दुईजनाको दावी भुक्तानी गरिएको र थप दुईजनाको भुक्तानीका लागि प्रक्रियामा रहेको पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष खेमराज गौतमले जानकारी दिनुभयो ।

जिल्लामा क्रियाशिल पत्रकारहरूको प्रभु ईन्स्योरेन्स कम्पनी लिमिटेडमा कोरना भाईरस संक्रमण बिमालेख गरिएको थियो । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले ५२ जनाको कोरोना बीमा वापतको प्रिमियम रकम रु. ३१ हजार २२० महासंघ बागलुङ शाखालाई सहयोग गरी पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *