बागलुङको गलकोटमा हराउदै चर्खे पिङ

थम्मन थापा, बागलुङ

जिल्लाको गलकोटमा पहिले धेरै ठाउँमा देखिने चर्खे पिङ आजकाल देख्न मुश्किल पर्छ । कारण पुराना मौलिकता सहितको पिङ, चमच्चा लोप हुँदै गइरहेका छन् ।

गाउँघरमा युवा पुस्ताको पलायन, समय प्रविधीको रफ्तार, विकास सॅगै बदलिदो चाहना, पुराना सँस्कृति प्रतिको बिकर्षण लगायतका कारण लोप हुने अवस्थामा पुगेका छन् । पहिले पहिले चाडबाड आउॅदा गाउॅघर तिर पिङ, चमच्चा राख्ने प्रचलन थियो ।

महान चाडहरु तीज, बडा दशैं, तिहारको बेला सार्वजनिक स्थलमा परम्परागत चर्खे पिङ ९चमचा पिङ०, लिङ्गे पिङ, रोटे पिङ आदी बाक्लै देख्न पाईन्थ्यो । युवाहरुको सकृयता र बुढापाको सहयोगमा पिङ राख्ने प्रचलन कुनै समय व्यापक नै थियो । आजभोली गाउँघरमा युवाको जमात निकै कम छ । रोजगारीको सिलसिलामा विदेशिने क्रम निकै बढेको छ । जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुवै, कतार, मलेसिया, भारत लगायतका राष्ट्रहरुमा नेपाली युवा युवतीहरु रोजगारीको लागि पुगेका छन ।

उसो त गाउँघरमा बालक देखि वृद्ववृद्वा मात्रै देख्न पाईन्छ । त्यस बाहेक उच्च शिक्षा र रोजगारीको लागि राजधानी काठमाण्डौ सँगै देशका विभिन्न शहरहरुमा पनि युवाहरु कार्यरत छन । जसले गर्दा गाउँघरमा मर्द पर्दा देखि चाडपर्वमा पहिले राखिने पिङहरु विस्तारै हराउँदै जान थालेका छन । अहिले गाउँ गाउँमा मोवाईल ईन्टरनेटले गर्दा मानिसको मनोरञ्जन लिने सहयात्री मोवाईल बनेको छ । धेरै ठाउँमा अप्टिकल फाईबर मार्फत विभिन्न सेवा प्रदायक कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याएका छन । त्यस्तै नेपाल टेलिकम, एनसेल र अन्य निजी सेवा प्रदायक दुरसञ्चार कम्पनीले उच्च गतिको थ्रिजी डाटा सर्भिस र फोर जी सेवाको पनि विस्तार गर्ने क्रम तिव्र छ । हरेक चीज अहिले युट्युव र अनलाईन मार्फत हेर्न र मनोरञ्जन लिन सहज भएको छ । पछिल्ला पुस्तालाई पुराना परम्परागत चीजहरु प्रति न धेरै ज्ञान नै छ न त आकर्षण नै । अहिलेको युवा पुस्तालाई यि कुराहरु एका देशको कथा जस्तो हुन थालिसकेको छ ।

झण्डै १ दशक पछि गलकोट नगरपालिका ७ मल्ममा चर्खे पिङ (चमचा पिङ) निर्माण गरिएको छ । स्थानिय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलालाई लक्षित गरि स्थानिय काठको प्रयोगबाट चर्खे पिङ र लिङ्गे पिङ निर्माण गरिएको हो । स्थानिय सिकर्मीहरुले २ दिन लगाएर पिङ निर्माण गरेका हुन । त्यस्तै स्थानिय बाँस र बाबियो बाटेर लिङ्गे पिङ बनाईएको हो । मेला अवधिभर पिङमा दर्शकहरु मज्जाले रमाए । अहिलेका बाल बच्चा र युवा पिडीले पनि परम्परागत स्थानिय पिङको अनुभव बटुले । मल्मका स्थानिय युवाहरु र समाजसेवीहरुको सकृयतामा उक्त २ वटा पिङहरु बनाईएको हो । पिङले अहिले थुप्रै मानिसलाई आकर्षित गरिरहेको छ । महान चाड तिहार भईसकेको छ ।

देश विदेशबाट तिहार मनाउन अहिले गाउँघरमा मानिसहरु जम्मा भएका छन । एकातिर तिहारको रौनकता छाएको छ भनें धान पराल भित्राउने र गहुँ छर्ने किसानलाई चटारो छ । तिहार सँगै कामको चापाचाप र मानिसको व्यस्तता निकै बढेको छ । लामो समय पछि परम्परागत पिङ निर्माण हुँदा स्थानिय खुसी भएका छन । हराउँदै जान थालेको संस्कृतिले फेरी एकपटक पुनर्ताजकी बनाएको छ । गलकोटमा आगामी मंसिर पहिलो हप्ता दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । महोत्सवमा पनि उक्त चर्खे पिङ ९चमचा पिङ० आकर्षणको रुपमा राखिने तयारी भईरहेको बताईएको छ । यसले लोप हुँदै गरेको परम्परागत पिङ प्रति पछिल्लो पुस्ताको आकर्षण त थप्ने नै छ र संस्कृति संरक्षण र सम्वर्दनमा पनि टेवा पुराउने छ भन्ने हाम्रो अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *