नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ७२ पुग्यो

आदर्श अनलाइन, नवलपुर
पूर्वी नवलपरासीमा आइतबार ४३ जना नयाँ संक्रमित फेला परेका छन् ।यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या २७२ पुगेको छ ।

नवलपुरमा पछिल्लो पटक गैडाकोटमा ३१ जना, देवचुलीमा १ जना, विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोटमा ३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

नवलपुरमा पछिल्लो २ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर पछि संक्रमित भएका मध्ये २५ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *