बागलुङमा एकै दिन ६८ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
सोमबार बागलुङमा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाका ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण पुष्टी हुने सबैभन्दा धेरै ५२ जना बागलुङ नगरपालिकाका छन् । त्यैसरी ताराखोला गाउँपालिकाका ८, बरेङ गाउँपालिकाका १, गलकोट नगरपालिकाका १, जैमिनी र निसिखोला गाउँपालिकामा १÷१ जना र काठेखोला गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय ६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *