तुरतुरेको पानी बजारमा (भिडियाेसहित)

आदर्श अनलाइन, बागलुङ

सर्जक वसन्तराज पन्तको नयाँ गीत तुरतुरेको पानी बजारमा आएको छ । रोशनी पन्त यूट्यूब च्यानलमा सार्वजनिक भएको यस गीत पर्वतका सर्जक पन्तले बजारमा ल्याएका हुन । हालै सार्वजनिक गरेको गीत ‘तुरतुरेको पानी’ को शव्द रचना सरोजराज पन्त र बसन्तराज पन्तको रहेको छ । यस गीतमा स्वर बहु चर्चित लोक तथा दोहारी गायक राजु परियार र रोशनी पन्तको रहेको छ ।

यस गीतका कलाकारहरूमा पुजा नाथ, जोन बि बम रहेका छन । रेकडिग माला श्री स्टुडियो काठमाडौ र पेन्टा स्टुडियो जापानले गरेका छन । यो गीत रोशनी पन्तको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ ।

स्कुले जीवनदेखि अतितका तीता मिठा माया प्रेम र बर्तमान कहानीसँगै सच्चाप्रेम तथा नेपाली समाजको वर्तमान परिवेशलाई यर्थाथपरक रुपमा चित्रण गरेको यो गीतले नेपाली समाजको बास्तविकतालाई उजागर गरेको छ । यसैगरी प्रेम जोडीको प्रेम सम्बन्धको समसामयिक विषयवस्तुलाई यथार्थतापरक रुपमा समेटेको छ ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *