धम्जाका क्यान्सर पीडित खत्रीलाई चार लाख प्रदान

आदर्श अनलाइन, बागलुङ

आन्द्राको क्यान्सर रोगबाट पीडित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका गणेश खत्रीको उपचारका लागि चार लाख ६ हजार ६ सय ४२ रुपैयाँ प्रदान गरिएको छ ।

आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइ रहनुभएका खत्रीको उपचारका लागि देश बिदेशमा सञ्चालित अभियानबाट पहिलो चरणमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

सोमबार खत्रीको धम्जा स्थित घरमै पुगेर खत्रीको उपचारमा सक्रिय नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, काठेखोला गाउँपालिका ३ का वडा सदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । खत्रीको उपचारार्थ जापानबाट कलाकार सुर्य खड्का,चन्द्र भण्डारी लगायतको पहलमा दुई लाख ८ हजार , कोरियाबाट मनोज थापाको पहलमा ९८ हजार ६ सय ४२, साउदीबाट चित्र भण्डारीको पहलमा ५० हजार, काठमाण्डौंमा ओम केसीको पहलमा ५० हजार सहयोग प्राप्त भएको अभियन्ता शिरीषले जानकारी दिनुभयो । ‘अहिले स्वतस्फुर्त सहयोग रसिद कटाए बाहेकको रकम हस्तान्तरण गरिएको हो,’ उहाँले भन्नुभयो,‘बाँकी देश बिदेशका बिभिन्न स्थानमा अहिले जारी अभियानमा संकलन भएको रकम दोस्रो चरणमा हस्तान्तरण गरिनेछ ।’

भारतको सिलाङमा लामो समयदेखि कार्यरत खत्री बिरामी भए पछि उपचारमा चार लाख बढी रकम खर्च भइसकेको श्रीमति सावित्रा खत्रीले बताउनुभयो । अझै ठुलो रकम लाग्ने अस्पतालले बताएको तर परिवारको तर्फबाट ठुलो रकम जोहो गर्ने सम्भावना नभएकाले देश बिदेशमा रहेका नेपाली समक्ष सहयोगका लागि हात फैलाउन बिबश भएको उहाँको भनाई छ । खत्रीका १६ बर्षिया छोरी एलिसा र १३ बर्षिय छोरा नारायण छन् ।

परोपकारी मन भएका सँगको आशा र भरोसामा सञ्चालित अभियानमा जोडिन चाहनेहरुले सिधै कैलाश विकास बैकं बागलुङामा हुममाया क्षत्री केसीको नाममा रहेको खाता नम्बर ००८००९००११६४१९०००००१ मा रकम जम्मा गर्न सक्नेछन् । यस अभियानमा सबैलाई सहयोग गरिदिन परिवारले सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *