तमानखोलाका बस्ती–बस्तीमा मोटर

डम्मर बुढा मगर, बागलुङ
केही वर्ष अगाडि तमानखोलाका गाउँहरुमा पुग्ने फराकिला सडक देख्न मुश्किल थिए । स्थानीय साँघुरै गोरेटोमै उकाली ओराली गर्थे । त्यही गोरेटोमै पशुचौपाय ओहोर दोहोर गराउँथे । तर, अहिले उकाली ओराली गर्ने गोरेटोहरु फेरिएका छन् । सडकसँगै जीवनशैली फेरिएको छ ।
कुनै समय मान्छे ओहोर दोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सरर्र मोटर गुड्छन् । यसरी अहिले नै गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयले सायदै कल्पना गरेको बताउँछन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दंग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फरिँदै छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ६ का उमेरले ७ दशक पार गर्नुभएका मानबहादुर छन्त्याल सडक आए पछि निकै सुख र खुसी मिलेको बताउनुहुन्छ । ‘अहिले गाउँमा मोटर गाडी आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबै भन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानु पथ्र्यो, विहान उठेर बजारमा गयो भने मध्यरातमा उठ्नुपथ्र्यो,’ छन्त्यालले भन्नुभयो ‘आजभोली त बजार जान पनि पर्दैन, सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुला जस्तो लाग्छ ।’

गाउँमा सडक आए पछि बिरामी हुँदा समेत सहजै अस्पताल सम्म जान सहज र कैयनको ज्यान बचाउन समेत सम्भव भएको उहाँ बताउनुहुन्छ । गाउँमा सडक आउने आफूले कहिल्यै पनि कल्पना नगरेको भन्दै सरकारले चाहँदा सबै ठाउँमा विकास हुने उहाँको भनाई छ ।

‘हामी त कस्तो ठाउँमा छौँ, यस्तो ठाउँमा गाडी आउला र भन्ने लाग्थ्यो, अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ,’ उहाँले भन्नुभयो ‘बिरामी पर्दा ढोकामा बोकेर अस्पताल पु¥याउने गथ्र्यौै, त्यसरी लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, कहिलेकाही बिरामी पर्दा साथ गाडी बोलायो, गाडीमा हालेर उत्तिखेरै अस्पताल पु¥याउन सकिन्छ ।’

तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष हुनुभयो । उहाँ पनि गाउँमा सडक आएपछि निकै खुसी हुनुहुन्छ । १८ सालदेखि लामो समयसम्म बुटवलबाट नुन तेल बोकेर जिविका चलाउँदै आउनुभएका छन्त्याल अहिले आफ्नै घर अगाडि चाक्ला सडक र सवारी साधन देख्दा दङ्ग हुनुहुन्छ ।

सडक नहुँदा गाउँलेहरुले कैयन समस्याहरु सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताउनुहुन्छ । गाउँमा घाँस दाउराको भन्दा पनि औषधी उपचार र खाना जोहो गर्नु निकै चुनौतिपूर्ण रहेको भन्दै अहिले अधिकांश सुविधा सहज रुपमा लिन सक्ने बताउनुहुन्छ ।

‘घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर बटौली जान्थ्यौँ, बाटोमै खाना पाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि,’ उहाँले भन्नुभयो ‘अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुख सुनाउँदा उनीहरुलाई कथा जस्तो लाग्छ ।’

छन्त्याल जस्ता यस क्षेत्रका हजारौँ नागरिकहले वर्षौँदेखि यस्ता खालका समस्या भोग्दै आएका थिए । तर, अहिले गाउँपालिकाले सबै गाउँ तथा बस्तीमा सडक पु¥याएपछि उनीहरुको समस्या समाधान हुँदै गएको छ ।

स्थानीय सरकार गठनपछि तमानखोलाका गाउँ वस्तीहरुमा सडक सञ्जालको पहुँच पुगेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । ‘हामी निर्वाचित भएर आउँदा तमानखोला गाउँपालिकाका धेरै गाउँ मोटरबाटोले जोडिएका थिएनन्, सुरुको वर्षदेखि सबै वडालाई सडक सञ्जालले जोड्ने योजना निर्माण गरि लाग्यौ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘गत वर्ष सबै वडा सडकले जोडिए भने अहिले सबै बस्तीहरु पनि जोडिएका छन् ।’

उहाँले धेरै बस्ती भएका ठाउँमा सडक पुगेको र थोरै बस्ती भएका २÷३ स्थानमा नपुगेको जानकारी गराउनुभयो । गाउँपालिकाको सबै भन्दा वडा नम्बर २ सिलगुममा भौगोलिक विकटताका कारण ढिलो सडक पुगेको अध्यक्ष बुढा मगरको भनाई छ ।

‘धेरैजसो वडामा छिट्टै सडक पु¥याउन सफल भएका थियौँ, वडा नम्बर २ मा पर्ने सिल्गुममा भौगोलीक कठिनाइका कारण सडक पु¥याउन केही ढिला भएको हो, तर अरु ठाउँमा सडक पु¥याउन त्यत्तिको कठिन भएन,’ उहाँले भन्नुभयो ‘धेरै ठाउँमा सडक पुगिसके, अब सडकहरुलाई स्तरोन्नती गर्ने तर्फ हामी लाग्ने छौँ ।’

उहाँले सडक गाउँ गाउँमा पुगेपछि नागरिकलाई सहज हुनुको साथै जनजीवननै परिवर्तन भएको बताउनुभयो । सडकले अब स्थानीयलाई उत्पादनसँग जोड्ने र गाउँपालिकाले व्यावसायिक बन्नेमा प्रेरित गर्ने बताउनुभयो ।

‘सडक नहुँदा धेरै दुःख कष्ट भोगेका स्थानीयले अहिले गाउँमा सडक पुगेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ, जीवनशैलीनै फेरिन थालेको छ,’ उहाँले भन्नुभयो ‘सडकले स्थानीयलाई उत्पादनसँग पनि जोडेको छ, धेरैले विभिन्न व्यवसाय सुरु गरेका छन्, अरुलाई पनि व्यवसाय तर्फ आकर्षण गर्नका लागि हामीले पनि केही भूमिका खेल्नेछौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *