बागलुङमा थप ३२ जनामा कोरोना पुष्टी


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा थप ३२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बागलुङमा सक्रिय संक्रमितको संङ्ख्या १७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज धौलागिरी अस्पतालमा गरिएको पिसिआर प्रयोगशाला परिक्षणमा बडिगाड गाउँपालिकाका १३, काठेखोला गाउँपालिकाका २ जना, बागलुङ नगरपालिकाका र अन्यत्रको ठेगाना भई जिल्ला सदरमुकाममा बस्ने १७ जना गरी बागलुङमा ३२ जना संक्रमितको संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *