पत्रकारहरु संक्रमित हुन थालेपछि महासंघले योगाभ्यास र सत्संग कार्यक्रम गर्ने

आदर्श अनलाइन, काठमाडौँ
नेपाल पत्रकार महासंघले पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम ‘योग चौतारी’ सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टबाट पत्रकारहरुसमेत संक्रमण हुन थालेपछि पत्रकारको स्वास्थ्य हितलाई मध्यनजर गर्दै उक्त योग शिविरको आयोजना गर्न लागिएको महासचिव रोशन पुरीले बताउनुभएकाे छ।

पुरीका अनुसार भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा सहभागी हुनका लागि पत्रकारले हरेक दिन बिहान ४ः३० बजे जूम माध्यममा प्रवेश भइसक्नुपर्ने र ६ बजेसम्म सक्रिय सहभागिता हुनुपर्ने छ । त्यस्तै पत्रकारले बिहानै नित्यकर्म सकेर योगाभ्यास गर्न मिल्ने लचकदार कपडा लगाएर उज्यालो ठाउँमा बस्नुपर्ने छ ।

सहभागिताका लागि जूम आईडी ९८५११२४०६५ (पासवड चाहिँदैन) वा जूम लिंक https://us02web.zoom.us/j/9851124065 प्रयोग गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *