बागलुङ नगरले बनायो ३५ बेडको अक्सिजनसहितको आइसोलेसन

डम्मर बुढा मगर, बागलुङ

बागलुङ नगरपालिकाले रातमाटामा ३५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ ।
बागलुङमा कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाको पुरानो कार्यालयमा आइसोलेसन निर्माण गर्न थालेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालमा संक्रमितको चाप बढ्दै गएपछि रातमाटामा आइसोलेसन निर्माण थालिएको खनालको भनाई छ । ३५ तत्कालको लागि ३५ बेड निर्माण गर्न थालिएकोमा ३४ बेड पूरा भइसकेको उहाँले जानकारी दिनुभयो ।

‘अस्पतालमा संक्रमितको चाप बढ्न थालेपछि रातमाटामा अक्सिजनसहितको आइसोलेसन निर्माण गर्न गर्दै छौँ,’ खनालले भन्नुभयो ‘अहिले ३५ बेडको तयारी गरेका छौँ, ३४ बेड बनिसकेको छ, संक्रमित बढ्दै गए बेडहरु थप्दै जाने छौँ ।’

अहिले धौलागिरी अस्पतालमा २३ जना संक्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ । गत वर्ष संक्रमित धेरै भएपछि धौलागिरी बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचाररत दुई जनाको बिहिबार मृत्यु भएको छ । एक जना संक्रमित र अर्को एक जना शंकास्पद बिरामीको मृत्यु भएको थियो । आइसोलेसनका सबै बेडहरुमा अक्सिजन जडान भइ रहेको प्रमुख खनालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *