ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

आदर्श अनलाइन, तनहुँ
तनहुँकाे ऋषिङ गाउँपालिका-४ मधुबनस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा पर्दा एक युवकको ज्यान गएको छ ।

झापुटार भिरकोट भित्री सडक खण्डमा ना ६ त ४२०७ नं.को ट्याक्टर अनियन्त्रित भई बारीमा पल्टँदा घाइते ट्याक्टरमा सवार ऋषिङ गाउँपालिका-४ बस्ने वर्ष २५ को वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते बोटेको उपचारको लागि भिमाद लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।घटनामा घाइते १२ वर्षका तिलक श्रेष्ठ र १८ वर्षका सुन्दर श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *