गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका वडा नम्बर ९ का ५३ वर्षीय पुरुष, तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निदेर्शनालय गण्डकी प्रदेशले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ८६० पुगेको छ । जस मध्ये १७ हजार ३०२ निको भएका छन् भने ती हजार ३१७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४३३ संक्रमित थपिएका छन् भने १४३ जना निको भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *