बागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बागलुङ गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २२ जना, काठेखोला गाउँपालिकाका ९ जना, बडिगाड गाउँपालिकाका ३ जना र ढोरपाटन नगरपालिकाका १ जना गरि ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६ को ५६ वर्षीय पुरुष र वडा नम्बर १ को ५१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो ।

यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ३ सय ३९ पुगेको छ । जम्मा संक्रमितको संख्या १४९३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *