बागलुङमा छैन शव वाहन, शव व्यवस्थापनमा समस्या


–खेमराज गौतम, बागलुङ

धौलागिरी अस्पतालमा बिहीबार मात्रै दुई संक्रमितको उपचारको क्रममा मृत्यु भयो । उनिहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालिगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो ।

तर शव बाहन नहुँदा एम्बुलेन्समा शव र बिरामी बोक्न नहुने स्वास्यकर्मीहरु बताउदै आएका छन् । अहिले संक्रमित बोक्ने एम्बुलेन्सकै अभाव भइरहेको सन्र्दभमा शव व्यवस्थापनमा शव बाहनै खाँचो देखिएको छ ।

एम्बुलेस समेत प्रयाप्त नभएको बागलुङमा हाल सम्म सव बाहन छैन । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । उपचारत पछि संक्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शव बाहन आवश्यक भएपनि एम्बुलेन्समा लैजाने गरिएको छ । जस्कारण अन्य विरामीका लागि एम्बुलेन्स प्रयोग गर्न मिल्दैन ।

शव व्यवस्थापनमा नेपाली सेना सक्रिय रहेपनि सेनासंग शव बाहन नहुँदा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था रहेको छ । संक्रमित बोक्ने एम्बुलेन्समा नै शव राखेर अन्तिम दाहसंस्कारका लागि लैजाने गरेको छ । यसो गर्दा सामान्य विरामीले एम्बुलेन्स उपयोग गर्न पाउनेछैनन् ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देब प्रकाश घिमिरेका अनुसार शव व्यवस्थापनका लागि जिल्लामा एउटा शव बाहन अनिवार्य भएको बताउनुहुन्छ । “महामारीमा संक्रमितको शव व्यवस्थापन गर्छ महामारी सकिएपछि पनी शव ल्याउन लैजान सहज हुनेछ” घिमिरेले भन्नुभयो “बागलुङ नगरपालिकाले शव बाहन खरिद गर्ने कुरा सुनेको छु त्यो निकै सुखद् कुरा हो, शव बाहनको काम एम्बुलेन्सले गर्दा बिरामी बोक्न समस्या भइरहेको छ ।”

कोरोनाको पहिलो लहरमा रेडक्रसको एम्बुलेन्समा नगरपालिकाले चालक व्यवस्थापन गरी शव तथा संक्रमित बोक्दै आएकोमा अहिले नगरपालिकाको चालक समेत कोरोना संक्रमित भइसकेपछि झनै समस्या भइरहेको छ । बागलुङमा शव बाहनको लागि नगरपालिकाले दुई वर्षदेखि खरिद गर्न थालेको भएपनि अहिले बल्ल खरिद प्रकृयामा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“हामीले महामारीमा नभई अघिपछिका लागि खरिद गर्न थालेका थियो, यस बीचमा कोरोना महामारी आयो यसको झनै प्रभावकारी हुने देखेका छौं, प्राविधिक कारणवस ढिला हुन पुग्यो, अहिले खरिद प्रकृयामा छ, केही हप्तामा शव बाहन आउला” नगर प्रमुख पौडेलले भन्नुभयो “नगरपालिकाले खरिद गर्ने शव बाहन कोरोना संक्रमितको शवलाई निःशुल्क व्यवस्थापन गर्नेछ । महामारी सकिएपछि जनताले सर्वसुलभ दरमा शव ल्याउन,लैजान सक्नेछन् ।” शव बाहन नहुदा भाडाका जीपले मनोमानी शुल्क लिदै आएकोमा यसको अन्त्य भएर जाने नगर प्रमुख पौडेलको भनाई रहेको छ । विदेशमा मृत्यु भएको शव गाउँ पु¥याउदा तथा अस्पतालबाट शव घाट सम्म ल्याउन जीप तथा भ्यानले २५ हजार भन्दा बढी रकम असुल्ने गरेका कारण नगरपालिकाले जनतालाई सहयोग गर्नका लागि शव बाहन ल्याउन थालेको हो । भन्सार छुट भएपछि शव बाहन झण्डै १२ देखि १५ लाखमा आउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *