बागलुङका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ

बागलुङका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोना महामारीमा जोखिम मोलेर समाचार संकलन खटिने पत्रकारका लागि बिवाईसी बागलुङ, वेलनेस टीम र सञ्चो मेडिकल हल बागलुङले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

बिवाईसी बागलुङले ७ सय ५० थान सर्जिकल माक्स, ५ लिटर सेनिटाईजर वेलनेस टीमकी नितु खड्काले २ सय ५० थान माक्स र ५ लिटर सेनिटाईजर र सञ्चो मेडिकल हल बागलुङले ३ सय ३० माक्स र १ लिटर सेनिटाईजर शनिबार पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेललाई हस्तान्तरण गर्नु भएकोे हो ।

कार्याक्रममा बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले यो जटिल परिस्थीतीमा पत्रकारले समय समयमा मानिसहरुलाई सहि सुचना दिएर सुसुचित गरेको भन्दै पत्रकारको स्वास्थ्य सुरक्षाको लागि बिवाईसीले स्वास्थ्य सामग्रीले हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले बिवाईसीले कोरोना महामारीमा विभिन्न खालका जनचेतना मुलक काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने जानकारी बताउनुभयो । कार्यक्रममा वेलनेस टीम नेपालका प्रमुख नितु खड्काले बागलुङमा दिन प्रतिदिन कोरोना संक्रमित बढेका कारणले बागलुङमा धेरै जासो मानिसहरु होम आइशोलेसनमा बसेकालाई घरमै गएर स्वास्थ्य परामर्श दिने र चेक जाँच गर्दै आईरहेको बताउनु भयो । उहाँले यस्तो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गरेमा संक्रमण रोकथाममा टेवा पुग्नु बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, उपाध्यक्ष नविन शिशिर विकको स्वागत मन्तव्य र सह–सचिव तारानाथ आचार्यको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *