सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त हुनु भएकाे छ । उहाँ वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।

सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बस्नु भएकाे थियाे । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बस्नु भएका शाहीकाे शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका हुनु भएकाे थियाे। बिना सूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाही बेपत्ता भएकाले उनको अवस्था सार्वजनिक नहुँदासम्मका लागि संसदको बैठक स्थगित गर्न माग गर्नु भएकाे थियाे । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले सांसद बेपत्ता भएको सूचनापछि अनिश्चितकालका लागि संसद स्थगित गर्नु भएकाे थियाे ।

त्यसपछि खोजी गर्नेक्रममा सांसद शाही चरक अस्पतालको आईसीयूमा भेटिएका भेटिनु भएकाे थियाे । उहाँई राज्य पक्षले नै बेपत्ता पारिएको भन्दै विभिन्न टिकाटिप्पणी गरिँदै आएको छ । सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार ११ बजे बस्दै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *