वायरिङ गर्ने क्रममा छतवाट खस्दा खर्वाङमा एक जनाको मृत्यु

कमल पौडेल,बागलुङ

बागलुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ ।

बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृत्यु भएको हो ।

स्थानीय दिपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भीर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमती सहित २ छोरा र १ छोरी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *