कोरोनाका कारण गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आइतवार विहान जारी गरेको दुई विज्ञप्ती अनुसार कास्कीका ५ जना सहित प्रदेशभर ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, म्याग्दी, पर्वत र रुपन्देहीका १/१ जना छन् ।

कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय पुरुषको गण्डकी र पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको गण्डककी मेडिकल कलेजमा मृत्यु भएको हो । यी दुवै संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शबिार राती मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो । यस्तै पोखरा महानगरपालिका १२ कि ३५ वर्षीया महिलाको राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो । पर्वतको कुश्मा नगरपालिका १३ कि ४२ वर्षिया कोरोना संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमाम आज आइतवार विहान निधन भएको हो । उनलाई बैशाख २१ गते कोरोना संक्रमण पुुष्टि भएको थियो ।

स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।

प्रदेशभर कोरोनाका कारण मृत्यु ुहुनेको संख्या २ सय ६२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *