डाक्टर बिहिन जैमिनी, कोरोना अस्पताल सञ्चालनमा समस्या हुने


सुजन प्रेमी, कुश्मिसेरा

कोरोना संक्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी अवाश्यक पर्ने समयमा बागलुङको जैमिनीमा भने सम्झौता सकेपछि डाक्टर बिहिन बनेको छ ।

एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको सम्झौता सकिएपछि बागलुङको जैमिनी डाक्टर विहिन बनेको हो ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टर बिहिन बनेको हो । कोरोना संक्रमणका लागि भएका स्वास्थ्यकर्मीको समेत करार अवधी सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

डाक्टरको करार मिति थपेर पुन क्षत्रीलाईनै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।

“अहिले १० वेडको अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएका छौं, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ” आचार्यले भननुभयो “अहिले कोरोना संक्रमितहरु होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजन सहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाईनै पुन नियुक्ती दिनेगरी पहल थालेका छौं ।”

तत्काल आइशोलेसन खाली भएपनि सामान्य संक्रमित राख्दा जटिल आएमा समस्या हुँने भएकाले अक्सिजन तथा उपचार आवश्यक संक्रमितलाईमात्रै आइसोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाई रहेको छ ।

जैमिनी नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड १९ अस्थाई अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भएपनि डाक्टरको अभाव रहेको उहाँको भनाई छ ।

सरकारको मापदण्ड अनुसार कोरोना अस्पतालमा कम्तिमा एकजना डाक्टर, एक जना पारामेडिक्स्, एकजना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी सहित चारजना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर जैमिनीमा एकजना समेत पनि डाक्टर नहुँदा कोभिड उपचारमा समस्या पर्ने देखिएको छ ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थाई डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आउनुभएको थियो ।

जैमिनी नगरपालिका जिल्लाका अन्य स्थानीय तहजस्तै २९ वैशाख सम्म निषेधाज्ञा जारी रहको छ ।
अहिले नागरिकलाई कारोना सचतना प्रदान गर्ने काम भइरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । बाहिरबाट आउनेहरुका कारण जैमिनीमा संक्रमण फैलिदै गएको भन्दै नगरपालिकाले उच्च सर्तकता अपनाउन थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *