निषेधाज्ञाको उल्लङ्घन गर्ने बागलुङका ६६ सवारी कार्वाहीमा


–आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञाको पालना नगर्नेलाई कार्वा थालेको छ । प्रहरीले निषेधाज्ञाको उल्लङ्घन गर्ने मानिस तथा सवारी साधनहरुलाई नियन्त्रण्मा लिएर जरिवान गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गरी बजारमा निस्कने, अनावश्यक सवारीसाधन गुडाउने कार्य रोक्न कार्वाही अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयले २१ गते देखि जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने ६६ सवारीसाधनलाई कार्वाही गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधीमा ५७ नागरिकलाई नियन्त्रणमा लिई चार हजार ३०० जरिवाना गरेको छ । यस्तै ६६ सवारी साधनहरु मध्ये ४४ मोटरसाईकल, एक ट्याक्टर, १७ जीप, २ वस र २ अटोरिक्स कार्वाहीमा परेका छन् । ६६ सवारीबाट २९ हजार ७०० जरिवाना असुल गरेको प्रहरीको भनाई रहेको छ ।

हाल विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पालना नगरी सञ्चालनमा ल्याएको भन्दै बागलुङ बजार, गलकोट, बरेङ लगायतको क्षेत्रबाट नियन्त्रण्मा ल्याइएको प्ररीको भनाई रहेको छ ।

संक्रमण रोकथामको लागि आफ्नो तर्फबाट असल नागरिकको हैसियतले सहयोग गर्न तथा पुनः यस प्रकारको गल्ति दोहोरिएमा संक्रमण ऐन २०२० बमोजिम कडा कारवाही गरिने चेतावनी सहित नागरिकलाई नियन्त्रण्मा ल्याएर छोडिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *