सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईलाई पितृशोक

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईलाई पितृ शोक परेको छ ।

गुरागाईका पिता मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० निवासी ८५ वर्षीय दल बहादुर गुरागाईको सोमबार अपरान्ह निधन भएको हो ।

केही दिन अघि ह्दयघात भइ उपचारमा रहेका गुरागाईको स्वास्थ्य अवस्था थप कमजोर भएपछि अस्पतालले घरमै पठाइदिएको र सोमबार घरमै निधन भएको परिवारले जनाएका छन् ।

खोटाङ जिल्लाको डाँडागाउँ गाविस वडा नं. ५ मा जन्मिएका स्वर्गीय दलबहादुर भारतीय सेनाबाट अवकाश प्राप्त सैनिक हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *